भाद्र ६, २०७९
वार्षिक १ लाख ५० हजार किलो स्कुस फलाउने युवा किसान विनोद श्रेष्ठको कथा
किसान विनोद श्रेष्ठका अनुसार स्कुसको मुन्टा टिप्न मिल्दैन भने भुइँतिर झरेको मुन्टालाई टिप्नुपर्छ । बाक्लो गरी आएको पातले स्कुसको फलमा असर गर्ने भएका कारण समय–समयमा मुन्टा र पात टिपेर फाल्नुपर्छ । स्कुसको टिपेर फालिएको पातलाई गाई, भैँसी, बाख्रा तथा बंगुरलाई घाँस तथा दानाको रूपमा प्रयोग गर्न सकिन्छ । स्कुसखेतीसँगै बाख्रा, गाई–भैँसी र बंगुरसमेत पालन गर्न सकिने श्रेष्ठ बताउँछन् । उनले स्कुससँगै बाख्रा र गाई पालेर दूधसमेत दैनिक बिक्री गर्दै आएका छन् ।