पौष २४, २०७९
भोजपुर र संखुवासभाको कात्तिकेघाटमा बन्दै गरेको पक्कि पुलको कठिन काम सकियो,२०८० मा संचालन हुने
चेवाबेसी र कात्तिकेघाटको बिचमा पर्ने भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीमाथी पक्की पुलको काम धमाधम चलिरहेको छ। पुलको निर्माण कम्पनीका मुख्य ब्यक्ति जयदेव थापाका अनुसार पिल्लर खन्दा भित्र भेटिएको भब्य चट्टान प्वाल पार्ने काम धेरै हण्डर र आर्थिक क्षतीका बाबजुत पनि सम्पन्न गरिएको छ।