भाद्र १३, २०७६
जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ,यो बर्ष मात्रै ६ हजार १०० मेट्रिकटन स्याउ फल्ने अनुमान
भदौ लागेसँगै जुम्लाका किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको छ। अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका छन्। स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जुम्ला आएका छन्।