पुष २६, २०७७
इन्डोनेशिया विमान दुर्घटना:पत्ता लाग्यो दुर्घटनाग्रस्त क्षेत्र,प्रत्यक्ष देख्ने माझी यसो भन्छन्
इन्डोनेशियाका खोज अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको ठानिएको क्षेत्र पत्ता लागेको बताएका छन्। दुर्घटना प्रत्यक्ष देख्ने एक माझीले भनेका छन्, "विमान समुद्रमा चट्याङ परे जसरी खस्यो र पानीमा विस्फोट भयो।"