बुधबार, कार्तिक ३, २०७८
/
एमालेमा बन्यो १० सदस्यीय कार्यदल,तीन दिनको समय
जेठ २, २०७८
  दोबाटो संवाददाता
काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय वार्ता टोली बनाइएको छ ।



प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५/५ जनाको कमिटी गठन गरिएको सहभागी एक नेताले बताएका छन् ।

कार्यदलमा माधव कुमार नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघु पन्त सदस्य रहेका छन् ।

अध्यक्ष ओली पक्षबाट भने सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य तोकिएका छन् ।

कार्यदललाई तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने खाका पेश गर्न भनिएको छ ।