आईतवार, असोज ३, २०७८
/
'रसिदलाई बिर्सनुस्,म नै विश्व नम्बर वान हुँ !'
माघ २९, २०७६
  दोबाटो न्यूज

काठमाडौं। ग्लोबल स्टारको छवी बनाइसकेका नेपाली युवा स्पीनर सन्दीप लामिछानेले एसोसिएटमा आफू विश्व नम्वर वान बलर भएको प्रतिक्रिया दिएका छन् ।


सन्दीपले आज बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाको ६ विकेट लिएका थिए । यससँगै उनी ६ विकेट लिने एसोसिएट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा अफगानिस्तारनका रसिद खान छन् ।

यसबारे सोधिएको प्रश्नमा उनले भने, "फरगेट रसिद खान, उनी अब टेष्ट प्लेअर हुन् । एसोसिएटमा मै नै नम्बर वान हुँ ।"


रसिदले सन् २०१७ जुनमा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा ८.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ७ विकेट लिएका थिए ।


नेपालका लागि यसअघि एकै खेलमा धेरै विकेट लिने खेलाडी सोमपाल कामी थिए । उनले गतवर्ष युएईविरुद्ध एकै खेलमा ५ विकेट लिएका थिए ।