आईतवार, असोज ३, २०७८
/
स्थानीय तहलाई करारमा शिक्षक नियुक्ती गर्न खुला
पुष २, २०७६
  दोबाटो न्यूज
काठमाडौं। स्थानीय तहले करारमा शिक्षक नियुक्त गर्न पाउने भएका छन्।



शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले पुलमा दरबन्दी नभएका तहका रिक्त शिक्षक दरबन्दीमा जिल्लाभित्र सरुवा वा शिक्षा नियमावली (संशोधन सहित) २०५९ को नियम ९७ बमोजिम करारमा शिक्षक नियुक्त गर्न पाउने जानकारी मंगलबार सूचनामार्फत दिएको हो।

"स्थानीय तहगत दरबन्दी शिक्षा, विज्ञान प्रविधि मन्त्रालयको मिति २०७६ मंसिर २५ गतेको निर्णय अनुसार सार्वजनिक भइसकेकाले उक्त विवरण अनुसार पुलमा दरबन्दी नभएका तहका रिक्त शिक्षक दरबन्दीमा जिल्लाभित्र सरुवा वा शिक्षा नियमावली(संशोधनसहित) २०५९ को नियम ९७ बमोजिम करामा शिक्षक नियुक्ती गरी पदपूर्ति गर्न फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ," सूचनामा भनिएको छ।

शिक्षा मन्त्रालयले २०७६ कात्तिक २४ गते शिक्षकहरुको अस्थायी नियुक्ति तथा पदस्थापना र दरबन्दी मिलानको कार्य सम्पन्‍न नभएसम्मका लागि शिक्षकहरुको सरुवा तथा करारमा शिक्षक नियुक्ति गर्न कार्य नगर्न सूचना जारी गरेको थियो।