मंगलवार, श्रावन १२, २०७८
/
यो बर्ष साफ च्याम्पियनसिप नहुने
असार १६, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने यो वर्षको साफ च्याम्पियनसिप नहुने भएको छ।



महासंघले आगामी १९ देखि ३० सेप्टेम्बर आयोजना गर्ने भनिएको साफ च्याम्पियनसिप नहुने भएको हो ।


बांग्लादेशको बंगबन्धु रंगशालामा १३औं साफ च्याम्पियनसिप आयोजना गर्ने तय भएको थियो। तर, कोरोना महामारी र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियाकप छनोटका लागि ल्याएको प्रस्तावका कारण साफ च्याम्पियनसिप अर्को वर्षका लागि सारिएको हो।


यस्तै यू–१५, यू–१५ महिला र यू–१८ महिला साफ च्याम्पियनसिप पनि तत्काल नगर्ने महासंघले निर्णय गरेको छ।

अब साफ च्याम्पियनसिप २०२१ मा आयोजना हुनेछ।