मंगलवार, श्रावन १२, २०७८
/
गीतकार सनम थापाको पहिलो म्युजिक भिडियो 'पानी कुवैको' सार्वजनिक: भिडियो सहित
कार्तिक २८, २०७७
  दोबाटो संवाददाता
भेटभाको दिन खुल्दिनौँ किन बोलिदेउ हाँसेर
जिन्दगी काटौँ, मनमुटु साटौँ प्रेममाला गाँसेर
हे, पानी कुवैको
मनमा खोट छैन नी हामी दुबैको...


गीतकार सनम थापाको पहिलो म्युजिक भिडियो किंग स्टुडियोको आधिकारीक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।



पूर्वेली लोकलयमा आधारित नयाँ म्युजिक भिडियोमा हाल एकदमै चर्चित 'बिनायो कंङ् कंङ्,ए कान्छी घुन्म जाउँ लैलै मलाया हङकङ' गीतकी चर्चित गायिका सुनिता थेगिम र मनोज सामसोन राईको स्वर रहेको छ । भिडियोमा संगीत गायक मनोज सामसोन राईकै रहेको छ भने रेकर्डिष्ट शुरेस राई हुन्। 

शिक्षण पेशामा आवद्ध गीतकार थापाले गीतमा भोजपुर जिल्लाको कला संस्कृति, पर्यटन र रितिरिवाजलाई शब्दमार्फत सुन्दर तरिकाले पस्कने प्रयास गरेका छन् । उनले गीतमा भोजपुरको ऐतिहाँसिक टक्सार, दिंला बजारका साथै पर्यटकीय स्थलहरु ट्याम्के, साल्पा धामलाई पनि कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।

साहित्यीक ब्यक्तित्व थापा मकालु साहित्य समाज, प्राज्ञिक विद्यार्थी परिषद, रोधी समाज संखुवासभामा समेत आवद्ध रहेका छन्। भोजपुरको नेपालेडाँडा खेवाछामा जन्मिएका गीतकार थापाले हाल संखुवा-सभालाई आफ्नो कर्मक्षेत्र बनाएका छन्।