बुधबार, श्रावन १३, २०७८
/
नेपाली कम्पनी इ-सेवासँग सहकार्य गर्ने संझौता गरेको भाइबरले अब नेपालमै आफ्नो कार्यालय खोल्ने
पुस १, २०७७
  दोबाटो संवाददाता

काठमाडौं। लोकप्रिय म्यासेजिङ एप भाइबरले नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । भाइबर एपबाटै भुक्तानीको लागि ईसेवासँग बुधबार भएको सम्झौताको क्रममा कम्पनीका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्काले यसबारे जानकारी दिएकी हुन् ।



उनले नेपाल भाइरबरका लागि एउटा महत्वपूर्ण बजार भएको बताउँदै यसलाई अझ विस्तार गर्ने योजना रहेको बताइन् ।

अहिले नेपाली भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र भाइबर बीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारीमा हस्ताक्षर पनि भैसकेको छ। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्।

"हाल नेपालमा हाम्रा केही एजेन्ट छन्," ग्रोथ अधिकृत अन्ना जन्मेन्स्काले भनिन्, "तर, हामी यसलाई क्रमशः विस्तारै गर्दै जाने योजनामा छौं । सँगसँगै हामी हाम्रो टिमलाई पनि विस्तार गर्दैछौं । त्यसका लागि आगामी दिनमा नेपालमा कार्यालय नै स्थापना गर्दै छौं ।"