ती युवतीहरु जजीरा एयरबाट कुवेत हुँदै युएई जाने तयारीमा रहेका थिए जवकी काठमाडौंबाट ३,४ एयरलाईन्सले यूएईको दुबई तथा शारजाह शहरमा सिधै उडान भर्छन् ।
गृह मन्त्रालयले टुरिष्ट भीसामा खाडी मुलुक गएर काम गर्न निरुत्साहित गर्दै आएको छ । अध्यागमनले भ्रमणको उदेश्य स्पष्ट नभएका टुरिष्ट भीसा वहाक यात्रुहरुको मलेसिला, खाडीलगायत मुलुकको भ्रमणमा कडाई गरेको छ ।
मानव तस्करको सञ्जालले ती युवतीहरुलाई राम्रो काममको प्रलोभन देखाई युएई लैजाने तयारी गरेका थिए । टुरिष्ट भीसामा मलेसिया,खाडी मुलुक गएका नेपालीहरुले काम नपाउने र अनावश्यक दु:ख पाउने गुनासो आउन थालेपछि अध्यागमन कार्यालयले कडाई गर्दै आएको छ ।
त्रिअवि अध्यागमन कार्यालयले बुधबार पनि युएई जान लागेका १८ महिलासहित २२ जनालाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको थियो । उनीहरुले आफ्नो यात्राको उद्देश्य स्पष्ट पार्न नसकेको र विचौलियाको माध्यमबाट ती महिला युएई जान लागेको भन्दै अध्यागमनले उनीहरुलाई फिर्ता गरेको थियो ।
Dobato News All rights reserved.