बुधबार, श्रावन १३, २०७८
/
'हामी नेपाल' सामाजिक संस्थाले प्रदान गर्यो रामप्रसादराई गाउँपालिकालाई स्वास्थ्य सामाग्री
असार ३, २०७८
  दोबाटो न्यूज संवाददाता
भोजपुर। काठमाडौंको 'हामी नेपाल' संस्थाले कोभिड १९ न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा सहित भोजपुरको दक्षिण-पश्चिम क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।



सामाजिक अभियन्ता मित्रप्रसाद घिमिरेको समन्वय तथा गाउँपालिकाको अनुरोधमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सहयोगी संस्था हामी नेपालका प्रतिनिधी कुसल श्रेष्ठले जानकारी दिए ।

सहयोग सामाग्रीमा एन नाईन्टी फाईभ र सर्जीकल मास्क ११ बक्स, टप ग्लोभ्स र सर्जीकल ग्लोभ्स ५ बक्स, पेईसेन्ट मोनिटर १ थान, सबैखाले पीपीई १५ थान लगायतका स्वास्थ्य सामाग्री रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले दोबाटो न्यूजलाई जानकारी दिए ।

जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमण देखा परेर त्यससँग जुधिरहरेको यस संकटपूर्ण घडिमा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा सम्पूर्ण गाउँपालिकाबासीको तर्फबाट उक्त संस्था प्रति आभार व्यक्त गरेको गाउँपालिका अध्यक्ष बिजय राईले बताए। प्राप्त सहयोगले संक्रमितहरुको उपचारमा अधिक राहत पुग्ने भन्दै थप सहयोगको अपेक्षा समेत गरेको अध्यक्ष राईले बताए ।

सहयोगको बिबरण