आईतवार, असोज ३, २०७८
/
भोजपुरका पूर्व सांसद वस्नेतको कोरोनाका कारण निधन
जेठ १०, २०७८
  रासस
भोजपुर। भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

 
चौरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन्।