आईतवार, असोज ३, २०७८
/
प्रवासी नेपाली मञ्च आयरल्यान्डको पुनर्गठन गरियो,अध्यक्षमा वसन्त न्यौपाने
भदौ ८, २०७८
  दोबाटो संवाददाता
काठमाडौं। प्रवासी नेपाली मञ्च आयरल्याण्डको नयाँ जुम भेलाले बसन्त न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ।



नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई प्रमुख अथीती तथा अन्तराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङ विशिष्ट अथीती र मञ्चकै अध्यक्ष बसन्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेको प्रवासी नेपाली मञ्च आयरल्याण्डले कार्यसमितीलाई पुनर्गठन गरेको मञ्चका नव निर्वाचित महासचिव वीरेन्द्र अधिकारीले जनाए।

कार्यक्रमको सञ्चालन महासचिव वीरेन्द्र अधिकारीले गरेका थिए भने कार्यक्रममा शुभकामना मन्तब्य प्रमुख अतिथी राजन भट्टराईले दिएका थिए ।

मञ्चको उद्धेश्य नेपालबाट विभिन्न कामको सिलसिलामा आयरल्याण्डमा आएर बासोबास गरिरहेका सम्पुर्ण नेपालीहरुको काम गर्ने सगंठन निर्माण गर्नु रहेको र विभिन्न समयमा भैपरि आउने समस्यामा सबै एकसाथ भएर लाग्नको लागि संगठन निर्माण गरिएको वक्ताहरुले जनाएका थिए ।

पुनर्गठन मार्फत २० जनाको कार्यसमिती गठन गरिएको र पदाधिकारीलाई पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराईले शपथग्रहण गराउनुभएको महासचिव अधिकारीले बताए।

नेकपा एमालेको प्रवासको भात्री संगठन नेपाली प्रवासी मञ्च आयरल्याण्डका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरु --

अध्यक्ष बसन्त न्यौपाने र उपाध्यक्षमा चेतराज वली र दिपक बोहोरालाई जिम्मेवारी दिईएको छ भने महासचिवमा वीरेन्द्र अधिकारी रहेका छन् ।  

सचिवमा तेज प्रसाद ज्ञवाली छन् भने कोषाध्यक्ष र महिला संयोजकमा क्रमस: होम नारायन कँडेल र चन्द्रकला निरौलालाई तोकीएको छ । सल्लाकारमा जंग अधिकारीलाई राखिएको छ ।

सदस्यहरुमा टेक पुन, राज न्यौपाने, राज शर्मा, सोभाना पन्त अधिकारी, अमृत न्यौपाने, भगवती लामिछाने, लक्ष्मी वली, शुसिला त्रिपाठी, विजय शहानी, कुमार छन्त्याल, केशव क्षेत्री, जानुका सुवेदी लगायतको कार्यसमिती निर्माण गरि कार्यक्रम समापन गरिएको थियो ।