सोमबार, जेष्ठ ३, २०७८
/
युवा सजगता अभियानको जर्मनी संयोजकमा तेजेन्द्र कार्की,भन्छन्,"रोजगारीले मात्रै देशलाई बचाउँछ"
कार्तिक २७, २०७७
  दोबाटो संवाददाता
ह्याम्बर्ग, जर्मनी। युवा जागरण (सजगता) अभियानको जर्मनी संयोजकमा समाजसेवी तथा अभियन्ता तेजेन्द्र कार्की नियुक्त भएका छन्।



अभियानको संगठन विस्तार, नीति, योजना तथा कार्यक्रम संचालनको लागि युरोप क्षेत्र अन्तर्गत जर्मनी संयोजकमा कार्कीलाई नियुक्त गरिएको अभियानको मुख्य कार्यालय काठमाडौंले एक परिपत्र जारि गरेर बताएको छ।

"सामाजिक बिकाशबाट नै राष्ट्रको उन्नति संभव छ" भन्ने मूल नारालाई आत्मसात गर्दै युवा जागरण (सजगता) अभियान संस्थाले बिश्वभरि संचालन गरेको संस्थाले जारि गरेको पत्रमा उल्लेख गरेको छ।

"युवामा राजनीतिप्रतिको बित्रिष्णालाई कम गराउने, देशमै रोजगारीको अवसर खोज्ने, सिपमूलक तालिम र दक्ष जनशक्ति निर्माण गरि उद्धमशील बनाउने यस संस्थाको लक्ष हो", जारि पत्रमा भनिएको छ।

नेपालमा भोजपुर निवासी नव नियुक्त संयोजक तेजेन्द्र कार्कीले दोबाटो न्यूजसँगको कुराकानीमा आफू स्वतन्त्र रुपमै मातृभूमि नेपाल र समाजको लागि काम गरिआएको भएपनि संस्थाले यूरोपको जर्मनी कार्यक्षेत्रबाट काम गर्नको लागि आधिकारीक जिम्मेवारी दिएकोमा संस्थालाई धन्यवाद दिन चाहेको बताए।

"अहिले युवाहरुलाई खाली राजनीति सिकाएर मात्रै देश र समाज उभो लाग्दैन बरु हामीले बिदेशमा सिकेका र आर्जन गरेका शिप तथा ब्यवस्थापकीय क्षमता स्वदेशका युवामा हस्तान्तरण गर्दै त्यसलाई रोजगार सिर्जना, क्षमता अभिब्रिद्धीमा जोड्न सकेमात्रै अब राजनीति सार्थक बन्नेछ", उनले भने, "हाम्रा स्वदेशका युवाले पनि अब स्वदेशमानै स्थानिय निकाय, प्रदेश सरकार, बित्तिय संस्था, संघिय सरकारका बिभिन्न निकायमा बढी भन्दा बढी सम्पर्क बढाएर बित्तीय सहयोग लिँदै स्वरोजगार बन्न अल्छी गर्न हुँदैन।"

यी लक्ष्य प्राप्तीको लागि सबैसँग मिलेर काम गर्न आफू तयार रहेको उनले बताएका छन्।