बुधबार, श्रावन १३, २०७८
/
सर्बोच्चको फैसलालाई जीत र हारको रुपमा नलिन देउवाको आग्रह
असार २८, २०७८
  दोबाटो न्यूज
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्बोच्चको फैसलालाई जीत र हारका रुपमा नलिन आग्रह गरेका छन्।

सर्वोच्च अदालतको फैसलापछि सोमबार विज्ञप्ति निकाल्दै देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।



पूर्वप्रधानमन्त्री देउवाले अदालतको निर्णयलाई व्यक्तिगत जीत हारको विषयका रुपमा नलिइ लोकतन्त्र,लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्ने आग्रह समेत गरेका छन्।

"देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ," उनले भनेका छन्, "कसैले पनि यसलाई व्यक्तिगत र जीत हारको विषयका रुपमा नभइ लोकतन्त्र, लोकतन्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु।"

उनले फैसलाले सबैलाई थप जिम्मेवार बनाएको समेत बताएका छन्। सर्वोच्च अदालतले  प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनमाथि गरेको फैसला स्वागतयोग्य भएको भनी प्रतिक्रिया दिएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय बदर गर्दै शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ।