बुधबार, श्रावन १३, २०७८
/
संखुवासभाको सिलिचोङमा पहिरोले घर पुर्यो,ढुङ्गाले लागेर घरधनी घाइते
असार २१, २०७८
  दोबाटो न्यूज
संखुवासभा। जिल्लाको उत्तर-पश्चिमी क्षेत्रमा पर्ने सिलिचोङ गाउँपालिकामा ढुङ्गासँगै आएको पहिरोले एक घर पुरेको छ ।



वडा नम्बर १ को सिसुवामा ढुङ्गासँगै झरेको पहिरोले सिसुवा तेन्छोङका छतिसकुमार राईको घर पुरेको हो । पहिरोमा परि घरमुली राई गम्भीर घाइते भएका छन् ।

आइतबार राती घरमाथिबाट पहिरो झर्न थालेपछि भागेका उनलाई ढुङ्गाले लागेको हो । घरमा रहेका श्रीमती र नातिनी भने भाग्न सफल भएकाले सकुशल रहेको आफन्त सन्तोस कुलुङले बताएका छन् ।

घाइते राईको स्थानीय स्वास्थ्य इकाईमा उपचार भइरहेको कुलुङले जानकारी दिएका छन् । 

जिल्लाको यो गाउँपालिकाको बेसिन्दामा गत बर्ष पनि पहिरोको कारण धेरै ज्यान धनको क्षति भएको थियो ।