बुधबार, श्रावन १३, २०७८
/
१०१ बर्षीय शताब्दी पुरुष सत्यमोहन जोशी सफल उपचारपश्चात अस्पतालबाट डिस्चार्ज
असार ४, २०७८
  दोबाटो न्यूज डेस्क
ललितपुर। १०१ बर्षीय शताब्दी पुरुष डा. सत्यमोहन जोशी ९ दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

वहाँको स्वास्थ्य अवस्था सामान्य बनेकाले चिकित्सकको सल्लाह बमोजिम आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।



अस्पतालले एक सूचना जारि गर्दै शताब्दी पुरुष डा. जोशीको स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गढबडी साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको उल्लेख गरेको छ ।

"हाल डा. जोशीज्यूको स्वास्थ्यमा सुधार भई वहाँ हिडडुल गर्न सक्ने हुनुभएको छ", अस्पतालले भनेको छ,"पीसीआर रिर्पोट नेगेटिभ आएपनि निमोनिया संक्रमण भएको थियो । हाल वहाँको रक्तचापमा देखिएको गढबडी पनि नियन्त्रणमा आइसकेको छ ।"

अस्पतालका अनुसार वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र वहाँका धर्मपत्नीहरुको सम्पूर्ण स्वास्थ्य उपचार अस्पतालले नि:शुल्क गर्दै आएको छ।