मंगलवार, श्रावन १२, २०७८
/
देशमा बाढीपहिरो,कुन-कुन जिल्लामा छ उच्च जोखिम ?(तीन दिनको पूर्वानुमान सहित)
असार ३, २०७८
  दोबाटो न्यूज संवाददाता
काठमाडौं। नेपालमा मनसुनको शुरुवाती चरणमै देशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोको कारण ठूलो जनधनको क्षति भएको छ।



जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले देशका बिभिन्न ठाउँमा वर्षा भइरहेकाले बिभिन्न नदीमा बाढी आउन सक्ने भन्दै त्यसबारे उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज महाशाखाले एक बुलेटिन जारी गर्दै देशभरका विभिन्न नदी तथा खोलाहरुमा आउनसक्ने बाढीको पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार अब कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली नदीमा पानीको सहत बढ्ने बताइएको छ । जसको कारण यी नदीका तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सतर्कता अपनाउन आग्रह महाशाखाले गरेको छ। त्यसैगरी कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स–साना सहायक नदीमा समेत बाढी आउन सक्ने पूर्वानुमान महाशाखाको रहेको छ ।

मंगलवारदेखि अविरल परेको वर्षाको कारण बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोले जनधनको क्षति पुर्याईसकेको छ ।

त्यसैगरी हाल बागमती प्रदेशको नुवाकोट, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, चितवन लगायतका जिल्लामा पनि सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । यस्तै महाकाली नदीले गर्दा कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा असर पर्नसक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।