शनिबार, आषाढ ५, २०७८
/
सर्बोच्च अदालतले माग्यो सरकारसँग संसद् विघटन गर्नुको कारण
जेठ २६, २०७८
  दोबाटो संवाददाता
काठमाडौं। सर्बोच्च अदालतले सरकारसँग संसद् विघटन गर्नुको कारण माग गरेको छ । तर अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।



बुधबारको इजलासले विघटन गर्नुको कारणसहित सरकारसँग लिखित जवाफ मागेको हो ।

प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।

विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज याे आदेश जारी गरेको हो ।

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गरेका थिए ।