आईतवार, आषाढ ६, २०७८
/
उपत्यकाभित्र १० दिन निषेधाज्ञा थप गरियो,सिमीत सेवा मात्रै खुल्ने
जेठ १९, २०७८
  दोबाटो न्यूज डेस्क

काठमाडौं। काठमाडौं उपत्यकाभित्र १० दिनको लागि निषेधाज्ञा पुन: थप गरिएको छ।


आज (बुधबार) काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकाभित्र अरु १० दिन थप निषेधाज्ञा गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सात दिनको लागि थप भएको निषेधाज्ञा बिहिवारबाट सकिँदैछ।


यसपटक थप गरिएको निषेधाज्ञामा भने खाद्यान्य, डिपार्टमेन्टल स्टोर र पुस्तक पसल संचालन गर्न दिईने भएको छ।


खुकुलो पारिएका सेवा तथा क्षेत्र बिहानमात्र संचालनमा आउने भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिए। गएको एकसातासम्म भने काठमाडौं उपत्यकाभित्र खाद्यान्न र डिपार्टमेन्टल स्टोरलाई समेत खोल्न रोक लगाइएको थियो। यसले सर्वसाधारण प्रताडित भएका थिए।


साथै, निर्माण क्षेत्रलाई पुन: गतिशील बनाउन रात्रिकालीन समयमा सामान ढुवानी गर्न दिने भएको छ। त्यस्तै निर्माण क्षेत्रमा संलग्न कामदारलाई कार्यक्षेत्रमै मापदण्ड पूरा गरेर बस्न र काम गराउन सकिने व्यवस्था गरिएको छ।