जेठ १८, २०७७
कोरोना संक्रमितको संख्या बढेको बढ्यै,पछिल्लो २४ घन्टामा थपिए १६६ जना
नेपालमा पछिल्लो २४ घन्टामा १६६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १६६ जनामा संक्रमण पुष्टि भएको हो।