जेठ ३, २०७७
कृषिकर्म गर्ने जाँगर हुनेलाई अनुदान दिने बुटवल नगरको कार्यक्रम देशकै नमूना,कस्तो छ यो ?
बुटवल उप–महानगरपालिकाले कृषिकर्ममा युवालाई आकर्षित गर्न जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ। उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक जग्गाको खोजी तथा संरक्षण, जथाभावी प्लटिङ निषेध तथा जमिन बाँझो राख्न नपाइने जस्ता नियम बनाउँदै सहरी कृषिमा बुटवलले शुरू गरेको कामलाई मुलुकमै नमुना मानिएको छ ।