मंगलवार, मंसिर १६, २०७७
/
लकडाउन पालना गर्न तथा हात धोईरहन नेकपा साल्पासिलिछो गाउँपार्टी भोजपुरले गर्यो यस्तो अपील
चैत २२, २०७६
  दोबाटो सम्वाददाता

भोजपुर। नेपाल कम्युनिष्ट पार्टी भोजपुर निर्वाचन क्षेत्र समन्वय कमिटी(क) र साल्पासिलिछो गाउँ पार्टी कमिटीले नेपाल सरकारले तोकेको लकडाउनलाई सम्पूर्ण साल्पासिलिछोबासी लगायत अन्य सम्पूर्णमा पालन गर्नको लागि आह्वान गरेको छ।
 


पार्टीका दुबै कमिटीले संयुक्त रुपमा अपील जारी गर्दै नेपाल सरकारले तोकेको लकडाउनको अवधिभरी अति आवश्यक काम बाहेक आफू पनि घरबाहिर ननिस्कन र अरुलाई पनि ननिस्कन सल्लाह दिन हार्दिक आह्वान गरेको हो।

 

"देशमा कोरोना संक्रमण, स्थितीको नियन्त्रण भन्दा बाहिर नगैसकेको र साल्पासिलिछो गाउँपालिकामा पनि अहिलेसम्म कोरोना संक्रमणको सन्दर्भमा कुनै ब्यक्ति पनि संक्रमित पुष्टि नभएतापनि भोलीको संभावित भयावह स्थितीको आँकलन गरि भाईरसको प्रवेशलाई नियन्त्रणमा राख्न र संक्र्मणबाट बच्न बचाउन तपाईं हाम्रै महत्वपूर्ण भूमिका रहने भएको हुँदा नेपाल कम्युनिष्ट पार्टी निर्वाचन क्षेत्र (क) र साल्पासिलिछो गाउँपार्टी कमिटी यहाँहरु समक्ष उच्च सतर्कता अपनाउन हार्दिक अपील गर्दछ।",अपीलमा भनिएको छ।

 

घरमा बस्दा वा अति जरुरी कामले बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन, साबुनपानीले मिचिमिची हात धुन आह्वान गर्दै अपीलमा गाउँकै हरियो सागसब्जी, गेडागुडी खान तथा यो अवधिभर अफ्ट्यारो भू-भागमा काममा नजान पनि अपील गरिएको छ।

स्थानीय मेला हाटबजार नलगाउन र बिहे, पास्नी, गुन्यूचोलो जस्ता बढी मानिस भेला हुने कार्य नगर्न नगराउन  आह्वान गर्दै पार्टीको अपीलमा महामारी तथा अन्य कारणले कसैलाई एम्बुलेन्सको आवश्यकता परेमा स्थानिय निकाय लगायत अन्य निकायसँग समन्वय गरि सेवा गर्न तत्पर रहेको पनि जनाईएको छ।

हेर्नुहोस् अपील