आईतवार, असोज ३, २०७८
/
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
माघ ८, २०७७
  दोबाटो न्यूज

काठमाडौं। नेपालमा आज बिहीबार कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको  छ। आज ३३६ जना कोरोना संक्रमित थपिएका छन् ।



आजको पछिल्लो आँकडा अनुसार देशमा ३ हजार ७९९ जना सक्रिय संक्रमित छन्।


बिगत २४ घण्टामा जिल्लागत कोरोना पोजेटीभ

प्रदेश १ को ओखलढुंगामा ३, झापामा ४, धनकुटामा १ जना, संखुवासभामा १ जना, सुनसरीमा २ जनामा  कोरोना संक्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर २ को धनुषामा २ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।


बागमती प्रदेशको काठमाडौंमा १४६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १२, धादिङमा १ जना, नुवाकोटमा १२, भक्तपुरमा १६, मकवानपुरमा २, ललितपुरमा ३६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 


गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा १ जना, तनहुँमा २, नवलपरासीमा पूर्वमा २, पर्वतमा ४, लमजुङमा १ जना, बाग्लुङमा ७ र स्याङ्जामा १ जनामा कोरोना पुष्टि भएको छ। 


लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १ जना, कपिलवस्तुमा २ जना, गुल्मीका ४, दाङमा ४, नवलपरासीमा १ जना,  प्युठानमा १ जना, वर्दियामा २, बाँकेमा ७, रुपन्देहीमा  ५ र रोल्पामा १ जनामा कोरोना पाइएको छ। 


गत २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा १ जना, जुम्लामा १ जना र सुर्खेतमा १ जनामा  कोरोना संक्रमण देखिएको छ ।  

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ३, बझाङमा ७ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।