काठमाडौं। नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०' प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
"बीबीसी वान" मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउण्डमा पुगेका हुन् । बिहीबार चार प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुगेका हुन् ।
बाँकी तीन प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप दुई जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।
प्रतियोगितामा सहभागी कूल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै सन्तोष उत्कृष्ट ६ मा पुगेका हुन् । सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका उनी भारतका विभिन्न रेस्टुरेन्टहरुमा झन्डै १० वर्ष काम गरेपछि मोन्टेनेग्रो र त्यसपछि सन् २०१० अन्त्यतिर बेलायत पुगेका थिए।
Dobato News All rights reserved.