काठमाडौं। गएको २४ घण्टामा नेपालमा १४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । जसमा काठमाडौं उपत्यकाका मात्रै १०३८ जना रहेका छन्। जुन ७२ प्रतिशत हो।
६७३१ जनाकाे नमुना परीक्षण गर्दा १४४२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३५३८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।
अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२५९ पुगेको छ ।
Dobato News All rights reserved.