शनिबार, माघ १०, २०७७
/
संसद् विघटन बिरुद्धका रिटमा सर्बोच्चमा सुनुवाइ सुरु
पुस ८, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सुरू भएको छ। 



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्चमा १३ वटा रिट दर्ता भएका छन्। तीमध्ये १२ वटाको सुनुवाइ आज हुनेछ भने एउटा रिटको सुनुवाइ शुक्रबारको संवैधानिक इजलासमा पठाइएको छ। 

सुनुवाइ नेपाल बार एसोसिएसनको हलमा प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था पनि गरिएको छ । 

अहिले कन्चनकृष्ण न्यौपाने, समृत खरेल, लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ भइरहेको छ।