मंगलवार, फागुन २५, २०७७
/
नेपालको संविधानमा संसद विघटनसम्बन्धी व्यवस्था छ यस्तो
पुस ५, २०७७
  दोबाटो न्यूज डेस्क
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनसम्बन्धी सिफारिस बोकेर राष्ट्रपतिको पुगेपछि अहिले उनी त्यहाँबाट बालुवाटार फर्कीएका छन्। स्रोतकाअनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेको बुझिएको छ।



मन्त्रिपरिषद् बैठकमा हतार हतार निर्णय गराएर उनी संसद विघटनको सिफारिस गराउन शीतल निवासमा पुगेका थिए । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै यसबारे संविधानमा कस्तो व्यवस्था छ भन्ने कौतुहलता पनि बढिरहेको छ ।
 

नेपालको संविधानले प्रधानमन्त्रीलाई एकलौटीरुपमा संविधान विघटन गर्न पाउने अधिकार नदिएको संविधानले नदिएको संविधानविद्हरुको भनाइ छ । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।


संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने गरी मिति तोक्ने उल्लेख छ ।