कांग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुरमा प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन्। त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्ने तयारीमा रहेका छन्।
यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, केन्द्रीय सदस्य गगन थापा कैलालीमा सम्बोधन गर्ने भएका छन्।
Dobato News All rights reserved.