शनिबार, माघ १०, २०७७
/
झलनाथ खनालको आफ्नै पार्टीको सरकारमाथी गम्भीर आरोप:ओलीले ५ बर्षमा पार्टी नै डुबाउँछन्
असार २९, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सत्ता सञ्चालन गर्न दिए नेकपा सखाप हुने बताएका छन्।

सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले सरकारमा ओली रहिरहे आगामी निर्वाचनमा नेकपा सखाप हुने बताएका हुन् ।



"अहिले जसरी केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ, त्यसरी पाँच वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुटआउट हुन्छ," खनालले भने, "कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ। तर प्रधानमन्त्री ओलीले पार्टीको फुटको त्रास देखाएर सत्ता टिकाउन खोज्नु भएको छ।"

नेता खनालका अनुसार ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्ने गरेको बताए। उनले ओली नेतृत्वको सरकार अनियमिततामा संलग्न भएको आरोप लगाए।

अहिलेको संघर्ष ओली गुट र पार्टीबीचको संघर्ष भएको उनले बताए। अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिए पनि अब चाँडै निष्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरे। ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको आरोप लगाए।