काठमाडौं। साझा पार्टीबाट डा.सूर्यराज आचार्य र मुमाराम खनाल बाहिरिएका छन् । आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले आचार्य र खनाललाई बिदा गर्ने निर्णय गरेको हो ।
पार्टीमा डा. सूर्यराज आचार्य प्रवक्ताको जिम्मेवारीमा थिए भने मुमाराम खनाल केन्द्रीय सदस्य पदमा थिए।
साझा पार्टीले बिबेकशील नेपाली दलसँग गर्न लागेको एकतामा असहमति राखेपछि उनीहरुलाई बैठकले धन्यवाद सहित बिदा गर्ने निर्णय गरेको साझा पार्टीका एक नेताले जानकारी दिए ।
साझाका संयोजक रवीन्द्र मिश्रलगायतले छुट्टिएको पुरानो पार्टीसँग एकता गरेर अघि बढ्नुपर्ने अडान लिँदा उनीहरुले बाहिरिने निर्णय गरेका हुन् । खनाल र आचार्यको भने फुटेर गएका पार्टीसँग मिल्नुका कुनै तुक नरहेको निष्कर्ष छ ।
खनाल र आचार्यले पार्टी संरचनामा नबस्ने बताएपछि केन्द्रीय कमिटीको बैठक बसेर उनीहरुलाई पार्टीका लागि दिएको योगदानका लागि धन्यवाद दिने निर्णय गरेको हो ।