खेलमा अधिकांश समय बल आफ्नो पकडमा लिए पनि बार्सिलोनाले रियलको पोष्टमा प्रभावशाली आक्रमण गर्न सकेन ।
पहिलो हाफ गोलरहित बनेको खेलको ७१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा मारियानोले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गराए ।
जितसँगै रियल मड्रिड शीर्ष स्ठानमा उक्लिएको छ । उपाधि जित्ने अभियान जीवित राख्नका लागि महत्वपूर्ण रहेको यो एल क्लासिकोबाट तीन अंक जोड्दै रियलले ५६ अंक बनाएको छ । एक अंक कम रहेको बार्सिलोना दोस्रो स्थानमा छ । एजेन्सीको सहयोगमा।
Dobato News All rights reserved.