मंगलवार, फागुन २५, २०७७
/
मझुवाबेसी भोजपुरको योगमाया स्मृति पुरुष भलिवल कप यसपाली फागुन २४ गतेवाट हुने
माघ ४, २०७७
  दोबाटो संवाददाता
नेपालेडाँडा, भोजपुर। योगमाया खेलकुद विकास समितिको आयोजनामा भोजपुरको प्रतिष्ठित भलिवल प्रतियोगिता योगमाया स्मृति कप पञ्चबर्षीय अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता यसपाली फागुन २४ गते देखि २७ गतेसम्म संचालन हुनेभएको छ।



प्रतिस्पर्धा योगमाया खेलकुद बिकास समितिको खेल मैदान मझुवाबेसीमा आयोजना हुने आयोजक क्लबका सचिव सौगात गौतमले जानकारी दिए।

सचिव गौतमका अनुसार प्रथम हुने टीमले नगद ५५ हजार ५ सय २५ का साथ १०५ तोला चाँदिको ५ वर्षे रनिङ शिल्ड हात पार्नेछ। साथसाथै मेडल प्रमाणपत्र पनि रहेको प्रतियोगीतामा दोस्रोलाई नगद ३५ हजार ५ सय ३५ शिल्ड मेडल तथा प्रमाणपत्र तेस्रोलाई नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ। सान्त्वना पुरस्कार नगद १५ हजार ५ सय १५ रुपैयाँका साथै उत्कृष्ट ५ वटा विधामा जनहि १ हजार का साथ ट्रफि प्रदान गरिने भएको उनले जानकारी दिए।

५ वर्षे रनिङशिल्ड २०७३ सालवाट शुरु गरिएको हो । पाँच बर्षे रनिङ शिल्डको अन्तिम पटकको खेल २०७७ सालको यहि खेल हुने पनि समितीले जनाएको छ। २०७६ सालको उपाधि आयोजक योगमाया खेलकुदले हात पार्न सफल भएको थियो। 

खेलमा भोजपुर र संखुवासभाको गरि करिव १७ टिमको सहभागीता रहने आयोजकको अनुमान छ ।

खेल संचालन गर्न आर्थिक समस्याको पिरलो

क्रान्तीकारी नेपाली नारी योगमाया न्यौपानेको स्मृतिमा बिसं २०५४ वाट निरन्तर खेल हुँदै आएपनि स्थानीय नगरपालिकाले सहयोग नगरेकाले आगामि वर्षमा खेललाई निरन्तरता दिन नसकिने अवस्था आएको क्लबका अध्यक्ष ढाकमान राईले बताए । 

अहिलेसम्म खेलको सम्पुर्ण खर्च देश विदेशमा छरिएर रहेका नेपालेडाँडा वासिको आर्थिक सहयोगको भरमा सम्पन्न गरिरहेको राईले वताएका छन्। खेल सम्पन्न गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल समेत समेत उनले गरेका छन्।