मंगलवार, मंसिर १६, २०७७
/
कोरोना कहर:गाईभैँसीलाई पनि मास्क !
चैत २२, २०७६
  एजेन्सी
काठमाडौं। भारतको एक गाउँमा मानिसले गाईभैँसीलाई पनि मास्क लगाइदिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न मानिसले मास्क लगाउन थालेसँगै भारतको मध्य प्रदेशको चन्देरी गाउँमा घरका जनावरलाई पनि मास्क लगाउन थालेका हुन् ।



गाईगोरुका लागि मानिसको मास्क ठिक नहुने भएकाले गाउँमा नै जनावर विशेष मास्क तयार गरिएको बताइएको छ । त्यहाँका मानिसले खेतबारीमा गोरुलाई जोत्न लाँदा काम सकाएर फर्किएपछि जनावरबाट कोरोना घरसम्म आउने र जनावरमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्ने त्रासले गोरुलाई पनि मास्क लगाइदिने गरेको बताउँछन् ।

बाहिर चराउन लगिने गाईभैँसीलाई पनि घरमा आएपछि उनीहरुले मास्क लगाइदिने गरेका छन् ।



( एजेन्सीको सहयोगमा )