मंगलवार, मंसिर १६, २०७७
/
थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको भव्य रिसोर्टभित्र ‘आइसोलेसन' मा !
चैत १८, २०७६
  एजेन्सी

काठमाडौं। थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न भन्दै २० युवती र अरु दर्जनौं दरवारीया कामदारहरुसहित जर्मनी पुगेका छन् ।



१५० भन्दा ठूलो सहयोगीको समूह उनको साथमा रहेको बताइएको छ । दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेको प्रख्यात पत्रिका डेलीमेलको अनलाईन संस्करणले उल्लेख गरेको छ । ‘ग्रान्ड होटेल सोननेनबिची’ मा उनी बसेको डेलीमेल लगायत अन्य अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।


तर ६७ वर्षीय राजाले गत वर्ष मात्रै विवाह गरेकी चौथो पत्नी भने उनको टोलीमा छन् वा छैनन् भन्ने यकिन भइसकेको छैन । रामा पाँचौंको रुपमा पनि चिनिने थाइ राजा महाको उच्च विलाशी जीवनशैली हुनुका साथै उनको विवादास्पद छवि छ ।

उनले २०१९ मा आफ्नै अंगरक्षक महिलासँग चौथो पत्नीको रुपमा विवाह गरेका थिए । जर्मन ट्याब्लोइड ‘ब्लीड’का अनुसार राजाले जर्मनीको उक्त सिंगो रिसोर्ट नै आफ्ना लागि अग्रिम बुक गरिसकेका थिए ।
 



थाइल्याण्डमा कोरोना भाइरसको महामारी फैलिँदै गर्दा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गर्न थालेका छन् । एक सय १९ सदस्यीय टोलीमा उनी सुटुक्क जर्मनी पुगेका थिए ।

मलेसियाका राजा र रानी कोरोनाबाट बच्न सेल्फ आइसोलेसनमा बसेपछि थाइ राजाको खबर बाहिरिएको हो । मलेसियाका राजा र रानी भने आफ्नै कार्यालयका कामदार संक्रमित भएपछि सेल्फ आइसोलेसनमा बस्न थालेका हुन् ।