सोमबार, बैशाख ६, २०७८
/
चीनका इन्जिनियरको बिशेष कौशल,७ हजार टन बढीको विशाल भवन उठाएर सारे
कार्तिक ९, २०७७
  एजेन्सी

संघाई। चीनको संघाई सहरका इन्जिनियरले ७ हजार ६ सय टनको एक विशाल भवन उठाएर अर्काे स्थानमा सारेका छन्।




उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ५ तले भवनलाई प्रविधि प्रयोग गरी उठाएर केही पर सारेका हुन्।

स्थानीय प्रशासनका अनुसार यस पुरानो भवननजिकै नयाँ आयोजना सुरु भएको छ। त्यसैका लागि यो भवन अलि पर सार्नुपरेको हो।

चीनका इन्जिनियरसँग यो भवन भत्काउने विकल्प पनि थियो, तर उनीहरुले यस पुरानो भवनलाई जस्ताको तस्तै केही टाढा सार्ने निर्णय गरेका हुन्।
 

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरको एक टोलीले प्रविधिको सहयोगमा भवन उठाए र १९८ रोबोटका खुट्टाका मद्दतले केही पर लगे।


स्थानीय सञ्चारमाध्यमका अनुसार क्रंकिटबाट बनेको उक्त भवन पहिलेको ठाउँबाट करिब ६२ मिटर सारिएको हो।


चीनको सरकारी टीभी सीसीटीभी न्युज नेटवर्कका अनुसार भवन सार्ने प्रक्रिया १८ दिनमा पूरा भएको हो। यही अक्टोबर १५ तारिख भवन सार्ने काम सम्पन्न भएको हो।

(बीबीसीको सहयोगमा )