पूर्वी पहाडी भेगमा गाईने माया प्रितीका लोकभाकामा गाईएको नयाँ गीत स्टुडियो किङले आफ्नो यु-टुब च्यानल मार्फत बजारमा ल्याएको छ।
भरत कुलुङले लेखेको गीतलाई प्रख्यात गायक राजेशपायल राई र गायीका कला राईले स्वर दिएका छन्। मनोज साङसोन राईले संगीत संयोजन गरेको गीतमा लय संकलन उमंग लामाको रहेको छ।
स्टुडियो किङ आफैले उत्पादन गरेको गीतमा मास्टर राजु कार्कीले ठूलो मेहनत गरेका छन्।
शुरेस राई र मनोज साङसोन राईले रेकर्डिङको प्राबिधिक काम सम्हालेको यो म्युजिक भिडियोको बिच बिचमा ईश्वर घिमिरे, वीर बहादुर राई र सुदीप बहादुर अधिकारीले खिचेका मनोरम प्राकृतिक दृश्यहरु पनि हेर्न पाईन्छ।
रिलिज गरिएको १ दिनमै ८ हजार बढीले यो म्युजिक भिडियो हेरिसकेका छन्।