मंगलवार, मंसिर १६, २०७७
/
कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले यी काम तुरुन्त गर्नुपर्छ
फागुन १३, २०७६
  – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ
कोरोना भाइरस संक्रमण ( कोभिड - १९ ) बिरुद्द व्यक्तिगत रुपमा लडेर मात्र जित्न सकिंदैन।तपाईंले मात्र मास्क लगाएर, हात धोएर तथा रोकथामका तमाम उपाय अबलम्बन गरेर मात्र कोरोनाबाट बच्न सम्भब छैन । तपाइँ, तपाइंको परिवार, टोल, काम गर्ने ठाउँ, बाटोघाटो, रेस्टुरेन्ट, सपिंग सेन्टर, पानी ट्यांकर, अस्पताल आदि पनि संक्रमणरहित हुनु आबश्यक छ ।



यसको लागि कम्तीमा एयरपोर्टबाट संक्रमण भित्रिन दिनुहुँदैन । एयरपोर्टमा जति कडा गरियो, त्यति नै हामी सुरक्षित हुन्छौं । अहिलेको अवस्था हेर्दा एयरपोर्टको ब्यबस्था पर्याप्त छैन । डिजास्टर पुलिसको रुपमा तालिमप्राप्त सुरक्षाकर्मीको जिम्मा दिनुपर्छ, यात्री स्क्रिनिंगको लागि ।

हामीले बुझ्नुपर्छ, कोरोनाले हामीलाई घेरिसकेको छ । चीन, जापान, कोरिया, इरान, इटाली, कुवेत, बहराइन लगायतका देशमध्ये इरान र इटाली बाहेक अन्य देशमा झन्डै १ लाख नेपाली ( कामदार/ बिद्यार्थी /अन्य) छन् । मलेसिया तथा अरबका देशहरुमा कोरोना फैलिएमा दशौँ लाख नेपाली जोखिममा हुनेछन्। नेपाल आउने पर्यटक तथा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनी संक्रमित भएमा हामीले त्यो संक्रमण रोक्न सक्दैनौं ।

सम्भावित अकल्पनीय महामारी र आतंक रोक्न सरकार, गैह्रसरकारी संस्था, स्वास्थ्य संस्था, शैक्षिक क्षेत्र, सुरक्षाकर्मी लगायत आम जनताको अभियान जरुरि छ।

नेपालमा कोरोना भित्रियो भने मनोबैज्ञानिक आतंक रोक्न झनै गाह्रो हुनेछ।