इर्खुवाको माथिल्लो साल्पा क्षेत्रमा ७५% राई र २५% शेर्पाका गाई, भैसी, चौंरी आदिका चरन छन्। जहाँ जहाँ पानी थियो किराँतीहरु त्यहाँ बस्न रुचाउँथे भन्ने कुरा एकजना इतिहास लेखकले लेखेका पनि छन्। पहरो फोडेर भएपनि किराँतीहरु पानी खान र घर वरिपरिको जंगल सुरक्षित गर्न बाँसको डुँड बनाएर घरमै पानि ल्याउँथे भन्ने ती लेखकले लेखेका छन्। वास्तबमै इर्खुवाको सेरोफेरोमा राई समुदायको बाक्लो बस्ति भेटिन्छ। दोभानेको भित्री गाउँबस्तीको यात्रामा म स्वयंले पनि देखेपाएको कुरा हो यो। पेमाखर्क, फोक्ते, गुराँसे र बिल्बाँटे भन्ने ठाउँहरु चरनका लागि सबैभन्दा उपर्युक्त ठाउँ हुन्। उत्पादित घिउ, छुर्पी कि तुम्लिङ्टारबाट गोथेबजार हुँदै साल्पाफेदी भएर सोलु छिर्ने पर्यटकले किन्छन् वा ब्यापारीले सोलुको नाम्चेबजार पुर्याउछन्। खालि उत्पादन मात्रै गर्न सक्नुपर्छ। जौंबारीका होटल कि स्थानिय कुलुङ् राईले चलाएका छन् कि शेर्पाले चलाएका छन्। माथिल्लो फेदी कुलुङ् राईहरुको घना बस्ति हो।
सरसर्ती हेर्दा इर्खुवाको सबभन्दा माथिल्लो भागमा शेर्पाहरु, अलि तल राईहरु त्यसपछि क्रमश: क्षेत्रीहरु अनि तामाङ्, ब्राम्हाण, गुरुङ्, घले सबै समुदाय मिलेर बसेका देखिन्छन्। इर्खुवा क्षेत्रका बिबिध समुदाय नेपालमै अत्यन्त घुलनशिल भएर मिलेर बसेको समाज भनेर चिनिन्छ। दोभानेको सालेवा क्षेत्र यस्तै मिश्रित बसोबास भएको इर्खुवा सेरोफेरोको धेरै क्षेत्रमध्येको एउटा क्षेत्र हो।
इर्खुवाको मुहान क्षेत्रका शेर्पा, राई तथा क्षेत्री समुदाय भोजपुर जिल्लाभरिकै सबैभन्दा मेहनती जनता भनेर चिनिन्छन्। यहाँका जति मेहनती क्रिषक जिल्लाभरमा अरु ठाउँमा छैनन् भन्दा अत्युक्ति नहोला। दोभाने क्षेत्रमा इर्खुवा जलाधारको कारण प्राक्रितिक पानीको प्रशस्त उपलब्धता भएको तर यातायातको सुबिधा पुगिनसकेको हुनाले आफ्नो उपभोगको उत्पादन आफै खु:सी खु:सी गर्छन् त्यहाँका बासिन्दा। भिरालो जग्गामा पातपतिङ्गर डढाएर त्यसलाई मलको रुपमा बदली त्यहाँ मज्जाले धान फलाउँछन्। जुका लाग्ने घारिमा भित्रभित्रै अलैची रोपी मज्जाले आम्दानी लिन्छन्। मकैबारीमा कोदो पनि फलाउँछन् सँगसँगै बडेबडे काँक्रा घिरौंला पनि फलाउँछन्। प्रत्येक घरमा ३, ४ वटा भैसी; २, ३ वटा गाई; ८,९ वटा भेडा अनि त्यतिकै सङ्ख्यामा बाख्रा पनि पालेका हुन्छन्।
जाँगरको नामनै दोभाने क्षेत्र हो भन्दा हुन्छ। यातायातको सुबिधा भयो भने माथिल्लो इर्खुवा क्षेत्र इलाम, धनकुटा जस्तै तरकारी तथा दुधजन्य उत्पादनमा अग्रणी क्षेत्र बन्नेछ। अहिलेको नयाँ संरचना साल्पासिलिछो गाउँपालिकाको वार्ड नं. ४ खाटाम्मा पनि जडिबुटी उत्पादन, पशुपालन र क्रिषीमा अग्रणी स्थान हो। खाटाम्मामा पनि उचाईमा शेर्पाको घनाबस्ती छ भने अलि तल्लो भेगमा उल्लेख्य रुपमा राई समुदायको बस्ती छ। चौकीडाँडामा राई र क्षेत्री समुदायको मुख्य बसोबास छ। चौकीडाँडाका यी दुबै समुदाय लगायत मगर, घले, गुरुङ्, बिश्वकर्मा, दर्जीहरुको उत्तिकै बसोबास छ।
चौकीडाँडाका सबै समुदाय बिगत केहि बर्ष यता रुद्राक्ष खेती र यसको ब्यवसायबाट राम्रै आर्थिक गतिबिधि गर्न सफल भएका छन्। 'जति इर्खुवा खोलाको नजिकका रुदाक्ष बगैंचा उति राम्रा रुद्राक्षका दाना' भनेर चौकीडाँडाका ब्यवसायी भन्नेनै गर्छन्। कुलुङमा बजार बिस्तार निकै भैसकेको छ। यहाँ पनि राई, क्षेत्री, ब्राम्हाण लगायतका अन्य समुदायको बसोबास छ।कुलुङका मानिस ब्यापार ब्यबसायमा निकै सक्रिय छन्। इर्खुवा सेरोफेरोमा कुलुङ् यातायात संजालले सुलभ बनेको सबैभन्दा सुबिधायुक्त ठाउँ हो।
एउटा पर्यटकको लागी इर्खुवा क्षेत्र अत्यन्त रमणीय क्षेत्र हो। तुम्लिङटारबाट खुम्बु क्षेत्र पदमार्ग जाने बाटो इर्खुवाको किनारै किनार माथिल्लो फेदि, साल्पा भन्ज्याङ् हुँदै सोलुतिर हानिन्छ।। इर्खुवाको किनारै किनार हिंडिने पदमार्ग सजिलो त छनै रोमान्चक पनि छ। स्थानिय जनजीवन बुझ्दै; इर्खुवाको चिसो पानीको माछा खाँदै; खोलाको सुसेलीमा आफूलाई भुलाउँदै; क्याम्पिङ् गर्दै उभो उभो लाग्न पाईन्छ। साल्पा पोखरी र शिलिचुङ् चुली इर्खुवा क्षेत्रको पर्यटकिय गहनानै हुन्। समुन्द्री सतहबाट ४१५६ मीटरको उचाई भएको शिलिचुङ् (शिलिछो) पिक साल्पा पोखरीछेवैबाट उठेको मनोरम चुली हो।
शिलाले बनेको पवित्र पर्बत शिलिचुङ्लाई शिलाको खानी मानिन्छ। किराँत धर्म संस्क्रितिमा शिलिचुङ् चुलीलाई अत्यन्त पूज्यनिय मानिन्छ। किराँत कालका ३२ वटै राजाले यस स्थानमा शिला पुजा गरेर राज्य सञ्चालन गर्ने गरेको मान्यता छ। यो भोजपुर जिल्लाकै सबैभन्दा अग्लो चुली हो। साल्पा पोखरीदेखि ३ घण्टाको हिँडाईमा शिलिचुङ् पिकको चुचुरोमा पुग्न सकिन्छ। त्यहाँ जानको लागि बाटो बनाइएको छ। माथी चुचुरोमा देबीको मन्दिर छ। साल्पामा वर माग्न जानेहरु उक्त चुचुरोमा पनि गएर वर माग्ने चलन छ। शिलिचुङ् पिकको विशेषता त्यती मात्र होइन, महत्वपुर्ण कुरा त त्यहाँबाट सगरमाथा, मकालु, ल्होत्से, अन्नपुर्ण, कैलाश, मेरा, नुप्से, गौरीशंकर र कञ्चनजंगा लगायतका २२ वटा भन्दा बढी हिमालयश्रंखलाहरुको अवलोकन गर्न पाईन्छ। मौसम सफा भएको बेला शिलिचुङ्को चुचुरोबाट भारतको सिलिगुढी, दार्जीलिङ् समेत देख्न सकिन्छ।
किराँत धर्म संस्क्रितिमा शिलिचुङ् चुलीलाई अत्यन्त पूज्यनिय मानिन्छ। किराँत कालका ३२ वटै राजाले यस स्थानमा शिला पुजा गरेर राज्य सञ्चालन गर्ने गरेको मान्यता छ। यो भोजपुर जिल्लाकै सबैभन्दा अग्लो चुली हो।
शिलिचुङको फेदैमा साल्पा पोखरी छ। यो भोजपुर जिल्लाको साल्पाशिलिछो गाउँपालिकाको वार्ड नं ५ दोभानेको उच्च भेगमा अवस्थित छ। खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण साल्पा पोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा छ।
पाईताला आकारमा चारैतिर पहाडले घेरिएको साल्पा पोखरीलाई किराँतीहरुले साली-पा(उच्च स्थानमा रहेको पुर्खौली भगवान) भनी सम्बोधन गर्ने गरेको कुरा लेखिएको छ। त्यस्तै अर्कोतर्फ कुलुङ्ग राई भाषामा स(सल्पा) भनेको लामो वा लाम्चो भन्ने बुझिन्छ । सल्पा पोखरी लाम्चो आकारमा फैलिएको छ। पछि पछि गाउँघर र बोलीचालीमा मानिसहरूले यसलाई साल्पा पोखरी भन्न थालेको हुन् भनेर स्थानिय कुलुङ् राई समुदायका अग्रजहरु बताउँछन्। पर्यटकीय दृष्टिकोणले मात्र हैन धार्मिक दृष्टिकोणले पनि यसले आफ्नै प्रकारको महत्व राख्छ ।
किराँत, हिन्दू, बौद्ध लगायतका धर्मावलम्बीका लागि उत्तिकै महत्वको तिर्थस्थल र पर्यटकीय स्थानका रुपमा प्रख्यात रहेको यो पोखरीमा विशेषतः चण्डी पूर्णिमा, ऋषितर्पणी पूर्णीमा, कार्तिक पूर्णिमा, मंसिर पूर्णिमाका दिन मेला लाग्ने गर्छ। सबैभन्दा ठूलो मेला चाहिँ चण्डी पूर्णीमामानै लाग्छ। त्यसबेला सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङ्का भक्तजन तथा युवायुवतीहरूको ठूलो भीड हुन्छ । यसबेला किराँतका धामी, झाक्रि, बिजुवा- 'साल्पै राजा साल्पै रानी' पुकार्दै साल्पा पोखरीमा पूजा गर्न भेला हुन्छन्।
वरिपरिका भोजपुर, सोलुखुम्बु, खोटाङ् मात्र हैन संखुवा-सभा लगायत झापा, काठमाडौंदेखी तिर्थयात्री पर्यटक बनेर साल्पामा झुम्मिन्छन्। किम्वदन्ती अनुसार सल्पा पोखरीमा रुद्री पूजा, भेटीपाती चढाएर जेसुकै वर मागेमा पाइन्छ भन्ने विश्वास छ। छोराछोरीको बाक्य फुटेन भने साल्पा पोखरीमा लगेर चोबलेमा तुरुन्तै बाक्य फुट्छ भनेर भुक्तभोगीहरु बताउँछन्।
साल्पा क्षेत्र धार्मिक, सास्क्रितिक मात्रै हैन पर्यटकिय द्रिष्टिकोणले पनि अति मनोरम क्षेत्र हो। यहाँको जैबिक बिबिधता अन्त्यन्तै बिशाल छ। यहाँको जंगलमा भालु, कस्तुरी, मृग, झारल, घोरल, डाँफे, मुनाल जस्ता वन्यजन्तु तथा पशुपंक्षी पाइन्छन् । साल्पा पोखरी पुग्ने जंगल चढ्दा कतिपय अवस्थामा डाँफे नाचेको प्रत्यक्ष हेर्न पनि पाईन्छ। काठमाडौंबाट तुम्लीङ्गटार हुँदै लुक्ला, नाम्चेबजार, मेरापिक, सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्न आउने प्रमुख मार्ग पनि हो साल्पा पोखरीको छेउको साल्पा डाँडा।
बिगतको देशमा उठेको माओवादी द्वन्द्व समाधान भैसकेपछि यताको समयमा इर्खुवाको किनारका ताँबुटार, गोथेबजार, नागदह, दोभान, फेदी जस्ता स्थान अब प्रसिद्ध पर्यटकिय आरामस्थल बनिसकेका छन्। यी स्थानमा अब मझौला तथा ठूला लज तथा होटल पनि खुलिसकेका छन्। अब आन्तरिक र बाह्य पर्यटनले यी स्थान चहलपहलयुक्त बन्दैछन्।
यसका अलावा इर्खुवा नदी क्षेत्रमा क्रान्तिकारी नेपाली नारी योगमायाले अन्य अनुयायीहरुसँग समाधी लिएको मझुवा बेसी, तपस्या गरेको गौडेनी शक्तिपीठ, उनको जन्मस्थान नेपालेडाँडाको सिम्ले गाउँ,कुलुङमा पर्ने बुम्लिङटार फाँट, गोरुकाटे डाँडा, चौकीडाँडामा पर्ने डेलीढुंगा चुली, ताल गाउँ, सेराबेसी फाँट, पर्यटकीय आराम स्थल गोथेबजार, खाटाम्मामा पर्ने दुंमा गाउँ, डेलीखर्क बौद्ध गुम्बा, दोभानेमा पर्ने हाँडी पोखरी, हाउ डाँडा, चिलिमधाप, साउनेडाँडा, बिल्म्याटे, जौंबारी जस्ता रमणीय स्ठान तथा धार्मीक स्थल आन्तरिक तथा बाह्य पर्यटकको पर्खाईमा छन्।
यातायात
इर्खुवा जलाधार क्षेत्र यातायातको बिस्तारमा पनि अब फड्को मार्दैछ। इर्खुवा क्षेत्रमा खासगरी दुइवटा सडक प्रबेश मार्गको पहुँच बिस्तार हुँदै छ। कुलुङको बुम्लिङ्टारबाट शुरु भएर चौकीडाँडा हुँदै खुलेको ट्र्याक खाटाम्मासम्म खुलिसकेको छ। यो ट्र्याकको कुलुङ्-चौकीडाँडा खण्डमा लगातार सवारी साधन चल्ने गरेको भएपनि खाटाम्माको खण्डलाई दोभानेसम्म नजोडेसम्म यो खण्ड पुरा हुने छैन।
स्थानिय पदाधिकारीहरु निर्वाचित भईवरी स्थानिय सरकार गठन भैसकेकोले अव इर्खुवा जलाधार क्षेत्रका बासिन्दा- खाटाम्मा र दोभाने क्षेत्रमा छिटो ट्र्याक खोल्न र खुलिसकेको ट्र्याक पक्की गर्न माग गर्दछन्। भोजपुरकै सबैभन्दा दुर्गमताको निसास्सिएको जिन्दगीबाट बाहिर निस्कन चाहन्छन्।
दोश्रो प्रबेश मार्ग तेन्जिङ् हिलारी भनेर नामाकरण गरिएको बालुवानी बेसीको चिर्खुवा खोलादेखि नेपालेडाँडाको मझुवा, चालिसे तथा कुदाककाउलेको ताँबुटार अनि चौकीडाँडाको सेराबेसी, गोथेबजार हुँदै खाटाम्माको तल्लो भाग र अन्तिममा साल्पा पास कटाउने योजना हो। यो सडक बाटोको ताँबुटार-फेदी खण्ड इर्खुवाको किनारै किनार जान्छ। र, यो लेख लेख्दाको मितिसम्म ट्र्याक फेदीसम्म खुलिसकेको छ। यातायातका साधन चल्ने बाटो नहुनाले दोभानेमा उत्पादन गरिएका अलैंची तथा किवी खच्चडलाई बोकाएर तुंलिङ्टार झार्नुपर्ने बाध्यता छ। इर्खुवाका माथिल्लो भागका शाखा खोलामा कतिपय स्थानमा अहिलेपनि जनतालाई फड्केबाट तर्नुपर्ने बाध्यता छ। फड्केबाट चिप्लेर मानिसको अकालमै मृत्यु हुने गरेको तितो यथार्थ छ। स्थानिय पदाधिकारीहरु निर्वाचित भईवरी स्थानिय सरकार गठन भैसकेकोले अव इर्खुवा जलाधार क्षेत्रका बासिन्दा- खाटाम्मा र दोभाने क्षेत्रमा छिटो ट्र्याक खोल्न र खुलिसकेको ट्र्याक पक्की गर्न माग गर्दछन्। भोजपुरकै सबैभन्दा दुर्गमताको निसास्सिएको जिन्दगीबाट बाहिर निस्कन चाहन्छन्।
अपार जलशक्तिको स्रोतको रुपमा इर्खुवा
इर्खुवा खोला उच्च पहाडी भागबाट अरुणको बेसीमा हुईकिंदै बग्ने दर्जनौं खोलाहरुको सम्मिश्रण हो भनेर माथिनै भनिसकिएको छ। धेरै मुहान मिसिनु र पानीको बहाब उच्च हुनुले यो खोला जलबिधुत् उत्पादनमा अन्त्यन्त उपयुक्त खोला हो भनेर जलबिद्धुत् बिज्ञहरुले भन्दै आएका छन्। सोहि कारणले पनि हुनसक्छ अहिले यो खोलाका पाँच क्षेत्रलाई आधार मानेर ४ मेगावाटदेखी १५ मेगावाटसम्मका बिभिन्न ५ वटा जलबिद्धुत् आयोजना नेपाल सरकारको उर्जा मन्त्रालय अन्तर्गतको बिद्धुत् बिकाश बिभागमा दर्ता भई सर्भेको लागि लाइसेन्स लिईसकेका देखिन्छन्। सबै प्रस्ताबित बिद्धुत् आयोजनाबाट बिद्धुत् उत्पादन भैसक्दा कम्तिमा ६५ मेगावाट बिद्धुत् उत्पादन हुन सक्ने देहिन्छ। मध्यम आकारका यी आयोजनाको क्षेत्र तल्लो फेदीबाट शुरु भएर मझुवाबेसीको अरुण-इर्खुवा दोभानसम्मै फैलिएको छ। जलबिद्धुत् प्रबर्तकहरुको इर्खुवामा देखिएको यो रोजाईले इर्खुवा खोला जलबिद्धुतमा कति संभावना बोकेको खोला रहेछ भन्ने कुरा आफै सिद्ध हुन्छ।
खोलाबाट ठूलो मात्रामा बिधुत् निकाल्ने कार्य स्वयं अलि समय लाग्ने काम हो। अझ बार्है महिना यातायातका साधन गुड्ने सडक बाटो नभएको यो क्षेत्रमा ठूला पावर हाउस सम्पन्न गर्न समय लाग्ला नै। चेवाबेसीबाट बालुवानीबेसी तर्ने होस्, लम्सुवा होस् वा हेलुवाबेसीबाट कुलुङ् तर्ने होस् अरुण नदिमा मोटरेबल पुल बनेकै छैन।
कात्तिके घाटमा फेरी संचालन गर्ने भन्ने कुरा पनि कथानै भैरहेको छ। सर्भे कार्य; नेपाल बिद्धुत प्राधिकरणसँगकको बिद्धुत् खरिद संझौता; निर्माण रकम जुटाउने कार्य; स्थानियलाई लगानीको प्रत्याभूती गर्ने स्थानिय शेयरको बितरण; निर्माण सम्पन्न जस्ता सम्पूर्ण कार्य अलि लामो समय लिने बिषय हुनाले हामीले हाम्रो यो इर्खुवामा ठूला पावरहाउस बनेर बिजुली निस्केको देख्न अलि बर्ष पर्खनुपर्नेनै देखिन्छ। निस्किएको बिजुली राष्ट्रिय प्रसारण केन्द्रमा जोड्नुपर्ने हुन्छ। राष्ट्रिय प्रसारण केन्द्रमा उत्पादित बिद्धुत् जोड्नको लागि प्रस्ताबित २२० केभी कोशी करिडोरको काम निर्माणकै क्रममा रहेकाले इर्खुवा खोलाका बिद्धुत् प्रबर्तकहरु पावरहाउस निर्माणमा ढिलाई हुने तर्क पनि गर्दैछन्। तर वास्तबमा प्रशारण लाईनको निर्माण सम्पन्न भईन्जेल यता पावरहाउसको निर्माण सम्पन्न गर्नुपर्ने भनाई इर्खुवा खोला जलाधारका बासिन्दाहरुको रहँदै आएको छ।
गोथेबजारसम्मत निकै राम्रै खुलीसकेको ट्र्याकलाई ग्राभेल गर्न सके निर्माण सामाग्री ल्याउन गार्हो पर्ने छैन। पार्टस् पुर्जा जोड्ने काम निर्माणस्थलमै गरिने भएको हुनाले यो समस्या पनि हुने छैन। त्यसैले अव स्थानीयहरु इर्खुवामा दर्ता भएका यी पाँच पाँचवटा आयोजनाले कुनै बहाना नबनाई काम थालुन् भन्ने चाहन्छन्। यति उति बिजुली बल्ने भन्ने कागजकै खबर पढ्दा पढ्दा दिक्क बन्नु छैन इर्खुवा जलाधारबासीलाई।
त्यसोत इर्खुवाबाट पटक्कै बिजुली नबली पुराको पुरा पानी खेर गएको भन्ने हैन। इर्खुवाको पानीबाट चौकीडाँडामा २८ किलोवाट क्षमताको बिजुली निकाली ३०० भन्दा बढी घरधुरीमा बत्ति बाल्ने काम भैरहेको छ। २ बर्ष पहिले उद्घाटन गरिएको यो लघुजलबिद्धुत् इर्खुवा खोलाबाट निकालिएको सबैभन्दा ठूलो संचालित पावरहाउस हो। इर्खुवामै मिसिने याङ्मा खोलाबाट २१ किलोवाटको बिजुली दोभानेका ओखरबोटे र याङ्माबासीले बालिरहेका छन्। खाटाम्माबासी पनि यहि इर्खुवाको पानीबाट बिद्धुत् उत्पादन गर्न लागि परेका छन्। इर्खुवामा मिसिने अन्य यस जलाधारका साना खोला खोल्सीबाट पूर्ववर्ती कुलुङ् गाबिस र चौकीडाँडामा थुप्रै पेल्ट्रिक सेटबाट बत्ति बालिएको छ।
इर्खुवाको पानीबाट चौकीडाँडामा २८ किलोवाट क्षमताको बिजुली निकाली ३०० भन्दा बढी घरधुरीमा बत्ति बाल्ने काम भैरहेको छ। २ बर्ष पहिले उद्घाटन गरिएको यो लघुजलबिद्धुत् इर्खुवा खोलाबाट निकालिएको सबैभन्दा ठूलो संचालित पावरहाउस हो। इर्खुवामै मिसिने याङ्मा खोलाबाट २१ किलोवाटको बिजुली दोभानेका ओखरबोटे र याङ्माबासीले बालिरहेका छन्।
बत्ति बलेसँगै शैक्षिक संस्था, स्वास्थ्य चौकी, पुस्तकालय, साईन्स ल्याव, घरेलु उद्धोग, फर्निचर उद्धोग, ब्यापार ब्यबसाय संचालन केहि भएपनि सहज भएको छ। संचारका उपकरण संचालन गर्न धेरै सहज भएको छ। यसैपनि धेरै तरिकामध्ये पानीबाट निकालिने जलबिद्धुत् लाई नबिकरणीय उर्जा (Renewable Energy) भनिन्छ। किनकी पानीबाट बिजुली निकाल्दा एकपटक मात्र हैन त्यो पानी पटक पटक प्रयोग गरी धेरै पावरहाउस बनाई जेनेरेटर घुमाई बिजुली निकाल्न सकिन्छ। वातावरणीय र जैविक द्रिष्टिकोणले जलबिद्धुत् उत्पादन इनर्जी उत्पादनको सुरक्षित तरिका मानिन्छ। त्यसैले यसलाई इनर्जीको क्षेत्रमा सेतो कोईला (White Coal) भन्ने गरिएको हो। हाम्रो इर्खुवा यसैले सेतो कोईला हो। हामीलाई चाहिने भबिष्यको इनर्जीको श्रोत इर्खुवा र यसको जलाधार हो। इर्खुवा जलाधार क्षेत्रको भौतिक बिकाश हुनुपर्छ भन्ने यहाँका सबै बासिन्दाको चाहना छ तर भौतिक बिकाशमा लाग्दा यस क्षेत्रको जीवन, संस्क्रिती, इतिहास, बनजंगल र वातावरणको सुरक्षा पनि सँगसँगै गर्नुपर्छ भन्ने कुरामा सबै सरोकारबालाहरु सचेत चाहिं हुनुपर्नेछ।
(नबिकरणीय उर्जा बिषयका अध्येता लेखक यो अनलाईनका प्रधान सम्पादक हुन्।)