मंगलवार, मंसिर १६, २०७७
/
आजबाट सेयर कारोबार दैनिक ५ घन्टा
चैत २, २०७६
  दोबाटो सम्वाददाता
काठमाडौं। आजबाट दैनिक ५ घन्टा सेयर कारोबार हुने भएको छ । नेप्सेले आइतबार (चैत २ गते) बाट दैनिक ५ घन्टा सेयर कारोबार गर्ने निर्णय गरेको हो ।



नेप्सेका अनुसार अव दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बजार खुल्नेछ ।

प्रत्येक दिन सार्वजनिक विदामा बाहेक आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुल्ने गर्दछ । यसअघि बिहान ११ बजेदखि दिउँसो ३ बजेसम्म दैनिक ४ घन्टा सेयर कारोबार हुने गरेको थियो । अब प्रत्येक दिन (आइतबारदेखि बिहीबारसम्म) १ घन्टा थपेर ५ घन्टा पुर्याइएको हो ।

नेप्सेले अर्को व्यवस्था नभएसम्मका लागि परीक्षणका रुपमा नयाँ नियम कार्यान्वयन हुने जानकारी गराएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले कारोबार समय थपेको हो ।

नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चैत २ गते आइतबारदेखि कारोबार समय थप्ने निर्णय गरेको हो । यसबाट सेयर कारोबार रकममा थप वृद्धि हुने अधिकारीहरुले बताएका छन् ।