बुधबार, कार्तिक ३, २०७८
/
भोजपुरका स्थानीय तहले कति कति बजेट पाए ?(सबै पालिकाको बिबरण सहित)
जेठ १६, २०७८
  दोबाटो संवाददाता
भोजपुर। सरकारका अर्थमन्त्री बिष्णु पौडेलले हिजो शनिबार आगामी आर्थिक बर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरे। यस अन्तर्गत सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहमा झण्डै ४ खर्ब रुपैयाँ हस्तान्तरण गरेको छ ।



सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने गर्छ ।

यसरी बिनियोजित रकम मध्ये भोजपुर जिल्लाका बिभिन्न स्थानीय तहलाई जम्मा २ अर्व ९८ करोड १४ लाख रकम छुट्याईएको छ। बिनियोजित रकममा सबैभन्दा बढी बजेट षडानन्द नगरपालिकाले र सबै भन्दा कम साल्पासिलिछो गाउँपालिकाले प्राप्त गरेको छ ।

तल हेरौं कुन कुन नगरपालिका र गाउँपालिकाले कति कति बजेट पाए।

नगरपालिका तर्फ
 

षडानन्द नगरपालीका-
षडानन्द नगरपालिकालाई समानीकरण अनुदान ११ करोड ६९ लाख, शशर्त अनुदान ३२ करोड १६ लाख, बिशेष अनुदान १ करोड ६६ लाख, समपुरक अनुदान १ करोड ३९ लाख गरी जम्मा ४६ करोड ९० लाख बिनियोजन गरिएको छ ।


भोजपुर नगरपालीका-
भोजपुर नगरपालिकालाई समानीकरण अनुदान ११ करोड २१ हजार, शशर्त अनुदान ३० करोड २५ लाख गरी जम्मा ४१ करोड ४६ लाख बिनियोजन गरिएको छ ।


गाउँपालिका तर्फ
 

ट्याम्केमैयुङ्ग गाउँपालिका-
ट्याम्केमैयुङ्ग गाउँपालिकामा समानीकरण अनुदान ९ करोड २ लाख, शशर्त अनुदान २५ करोड ९ लाख, बिशेष अनुदान ४६ लाख, समपुरक अनुदान ७० लाख गरी जम्मा ३५ करोड २७ लाख बिनियोजन गरिएको छ ।


अरुण गाउँपालिका-
अरुण गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ७३ लाख, शशर्त अनुदान २० करोड ८१ लाख, बिशेष अनुदान २ करोड ९१ लाख गरी जम्मा ३२ करोड ४५ लाख बिनियोजन गरिएको छ ।


रामप्रसादराई गाउँपालिका-
रामप्रसादराई गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ९९ लाख, शशर्त अनुदान २१ करोड ६० लाख गरी जम्मा ३० करोड ५९ लाख बिनियोजन गरिएको छ ।


आमचोक गाउँपालिका-
आमचोक गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ९४ लाख, शशर्त अनुदान २० करोड ४ लाख, समपुरक अनुदान ८३ लाख गरी जम्मा २९ करोड ८१ लाख बिनियोजन गरिएको छ ।


हतुवागढी गाउँपालिका-
हतुवागढी गाउँपालिकामा समानीकरण अनुदान ९ करोड ५९ लाख, शशर्त अनुदान १८ करोड ३५ लाख, समपुरक अनुदान ८४ लाख गरी जम्मा २८ करोड ७८ लाख बिनियोजन गरिएको छ ।


पौवादुङ्मा गाउँपालिका-
पौवादुङ्मा गाउँपालिकामा समानीकरण अनुदान ८ करोड ३५ लाख, शशर्त अनुदान १६ करोड ५१ लाख, बिशेष अनुदान २ करोड ४९ लाख, समपुरक अनुदान १ करोड २५ लाख गरी जम्मा २८ करोड ६० लाख बिनियोजन गरिएको छ ।


साल्पासिलिछो गाउँपालिका-
साल्पासिलिछो गाउँपालिकामा समानीकरण अनुदान ७ करोड ५६ लाख, शशर्त अनुदान १६ करोड ७२ लाख गरी जम्मा २४ करोड २८ लाख बिनियोजन गरिएको छ ।