उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाले वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यकारी समिति निर्वाचन गदैछ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष स्वतः निर्वाचित हुने व्यवस्था रहेकोले अहिले निर्वाचनको मुख्य ध्यान वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् ।
दुबै टिमबाट को को छन् मूल उम्मेदवार ?
चन्द्रप्रसाद ढकाल टिमबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मैदानमा छन् । यसैगरी किशोर प्रधान टिमबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् ।
मतदानका लागि महासंघले तीन फरक फरक ठाउँमा व्यवस्था गरेको छ । प्रज्ञा प्रतिष्ठान, कमलादी, महासंघ सचिवालय टेकु, र कार्की ब्याङ्केट बबरमहलमा जिल्ला तथा नगर, एसोसिएट र वस्तुगतको मतदान गर्ने व्यवस्था महासंघले मिलाएको छ ।
Dobato News All rights reserved.