नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतवार कूल २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँमा खरिद बिक्री भए । कारोबार रकममा आइतवार भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो ।
सोमवार कूल १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ मूल्यमा कारोबार भयो ।
एक्सचेञ्जका अनुसार नेप्से सोमवार २.३८ बिन्दुले घटेर १ हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार सोमवार रोकिएको भए पनि कारोबार रकम भने झण्डै साढे ४ अर्ब माथि रहेको छ । सोमवार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अंकले ओरालो लागेर ३४४.९५ मा झरेको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमवार ४ उपसमूहको शेयर उकालो लाग्दा ७ उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोबारको प्रवृत्ति हेर्दा सोमवार पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
सोमवार ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोबारका आधारमा सोमवार नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३० करोड २२ लाख ७ हजार ४६३ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल पुर्नबीमा कम्पनी २९ करोड ३० लाख ३३ हजार ७४१ रुपैयाँ, हिमालयन डिस्टिलरी २८ करोड ९७ लाख ७ हजार २७९ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक १७ करोड २१ लाख २ हजार ७०५, एनआईसी एशिया बैंक १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभू बैंक १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १३ करोड ४४ लाख ७८ हजार ५२० रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा सोमवार एचआईडीसीएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए ।
एनआईसी एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेसनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए ।
Dobato News All rights reserved.