यस अघि २०७६ साल फागुन १८ गते रू. ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजारको शेयर कारोबार भएको थियो ।
बिहीवार कारोबार रकमले ऐतिहासिक रेकर्ड तोड्दा नेप्से परिसूचक पनि ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७७८ दशमलव १२ विन्दुमा पुगेको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९८ अंक बढेर ३४३ दशमलव शून्य ७ विन्दुमा पुगेको छ ।
कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस दिन उक्त कम्पनीको रू. ४१ करोड ८ लाख ४५ हजार बराबरको शेयर कारोबार भएको हो ।
बिहीवार कारोबारमा आएका १२ ओटै समुहको परिसूचक बढेको छ । यस दिन व्यापारिक समुहको परिसूचक सर्वाधिक ९ दशमलव ९४ प्रतिशत बढेको हो । त्यस्तै होटल समुहको ९ दशमलव ३८ प्रतिशत, बैंकिङ्कको शून्य दशमलव २१ प्रतिशत, विकास बैंकको १ दशमलव ४ प्रतिशत, जलविद्युतको १ दशमलव ५२ प्रतिशत, वित्तको १ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमाको ४ दशमलव ३३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ५ दशमलव ६४ प्रतिशत, अन्यको ४ दशमलव ४३ प्रतिशत, लघुवित्तको १ दशमलव ७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६३ प्रतिशत परिसूचक बढेको हो ।
Dobato News All rights reserved.