मंगलवार, मंसिर १६, २०७७
/
लकडाउनमा आलु–प्याजको कालोबजारी गर्ने १ व्यापारी पक्राउ
चैत १४, २०७६
  दोबाटो न्यूज
वीरगंज। कोरोना संक्रमणबिरुद्ध जुध्न सरकारले आह्वान गरेको लकडाउनको समयमा आलु र प्याजको कालोबजारी गर्ने १ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।



साविकको भन्दा दोब्बर तथा तेब्बर बढी मूल्यमा आलु र प्याज बिक्री गरेको अभियोगमा प्रहरीले ती व्यापारीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–१ छप्कैया घर भएका ५० वर्षीय जगनारायण पटेल छन्।

उनले आलु प्रतिकिलो १०० रुपैयाँ तथा प्याज प्रतिकिलो १०० देखि १५० रुपैयाँमा बिक्री गरेको अभियोग छ। स्थानीय बजारमा आलु २० देखि ४० रुपैयाँ र प्याज प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको छ।