बिहिवार, माघ १९, २०७९
/
भोजपुर र संखुवासभाको कात्तिकेघाटमा बन्दै गरेको पक्कि पुलको कठिन काम सकियो,२०८० मा संचालन हुने
पौष २४, २०७९
  -सुदीप बहादुर अधिकारी
चेवाबेसी,संखुवासभा। चेवाबेसी र कात्तिकेघाटको बिचमा पर्ने भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीमाथी पक्की पुलको काम धमाधम चलिरहेको छ।

पुलको निर्माण कम्पनीका मुख्य ब्यक्ति जयदेव थापाका अनुसार पिल्लर खन्दा भित्र भेटिएको भब्य चट्टान प्वाल पार्ने काम धेरै हण्डर र आर्थिक क्षतीका बाबजुत पनि सम्पन्न गरिएको छ।



निर्माण ब्यवस्ठापनमा आफै खटेका निर्माण कम्पनीका मुख्य ब्यक्ति थापाका अनुसार अनुसार यो क्षेत्रमा पुल नहुँदा जनताले पचासौं बर्षदेखी दु:ख कष्ट खेप्नु परेको समस्यालाई हटाउन भारतदेखी पनि लाखौंको मेशिनरी सामान ल्याएर जमिनमुनी भेटिएको पहरोमा प्वाल पारिएको छ। "त्यस क्रममा एकपटक मेशिन भाँचिएको पनि थियो", वहाँले सुनाउनुभयो, "अब मूल समस्या सकिएको छ। अब नदीको बिच भागमा पर्ने मूख्य दुइ वटा पिल्लर खडा गरेपछि माथिका स्ल्याबको काम त केहि हैन।"

"पुल निर्माणलाई यो क्षेत्रकै गौरव मानेका छौ हामीले त्यसैले पनि म आफै अहोरात्र खटि अरुणमा पानीको सतह नबढे यहि हिउँदमा सम्पन्न गर्ने नत्र अर्को हिउँदमा यो पुल सम्पन्नै हुन्छ", वहाँले बिश्वाससाथ बताउनुभयो।

पक्की पुल संचालन भएपछि ग्रामिण भेगका कृषि तथा अन्य बस्तुले राम्रो बजार भाउ पाउने

भोजपुर सुदूर उत्तरको साल्पासिलिछो गाउँपालीकाका सबै नागरिक तथा षडानन्द नगरपालीकाका आधाजसो जनसंख्यालाई यो पुलको निर्माणले उत्तर दक्षिणको यात्रामा सहज हुनेछ। यो पुल निर्माण सम्पन्न भएपछि त्यसभेगका मानिसलाई धरान बिराटनगर आउजाउ गर्न धेरै सहज र छिटो हुनेछ।

साल्पासिलिछो गाउँपालिका-३, चौकीडाँडाका बासिन्दा निर्मल घले यो पुल बनेपछि गाउँमा उत्पादित कृषि बस्तुलाई तराई तथा भारतको बजारमा पुर्याउन सहज हुने तर्क गर्छन्। "गाउँको बस्तु सिधै तराई वा भारत पुर्याउन सकियो भने गाउँका उत्पादनले राम्रो मूल्य पाउने पनि हुन्छ", उनले उत्साहित हुँदै आफ्नो भनाइ राखे।

पुल संचालनमा आएपछि पहाडमा बेरोजगारी समस्या कम हुने तथा बसाईं सराईं रोकिने उनको तर्क छ।

बिगत ३५, ४० बर्ष अघि भोजपुर सुदूर उत्तर र संखुवासभाका मानिस आवतजावत गर्न अरुण नदीमा काठको डुंगाको प्रयोग गर्ने गर्थे। पछि मात्रै सुदूर उत्तरका बुम्लिङटार, कात्तिकेघाट, सतिघाट, लम्सुवाघाटमा झोलुङे पुल स्थापना गरिएको हो।