बुधबार, श्रावन १३, २०७८
/
भोजपुरमा होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमित पुरुषको मृत्यु
जेठ २६, २०७८
  दोबाटो न्यूज
भोजपुर। भोजपुरमा होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।



जिल्लाको टेम्केमैयुङ गाउँपालिका-६ का ६४ वर्षीय पुरूषको मृत्‍यु भएको गाउँपालिका अध्यक्ष धुर्बराज राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार दुई हप्ता अघि एन्टीजेन परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

हाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या क्रमश: बढिरहेको अध्यक्ष राईले बताए ।