शनिबार, माघ १०, २०७७
/
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा संखुवासभाको तुम्लिङ्टारमा एक जनाको मृत्यु
मंसिर २६, २०७७
  दोबाटो न्यूज
संखुवासभा। जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा आज शुक्रबार मध्याह्न ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।



दुर्घटनामा घाइते भएका खाँदबारी-१ चाँदनी चोकका २५ वर्षीय दिवश राईको उपचारको क्रममा तुम्लिङटारमा रहेको नजिकैको मनकामना अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार १२ बजेको समयमा तुम्लिङटारबाट खाँदबारी आउँदै गरेको को २ त ४३१९ नम्बरको ट्र्याक्टर र खाँदबारीबाट तुम्लिङ्गटार जाँदै गरेको ना ४५ प २०७० नम्बरको मोटरसाइल एकआपसमा ठोक्किएको थियो । 

मोटरसाइकलमा सवार दिवसका साथी २७ वर्षीय मनोज सोनाम लिम्बुको मनकामना अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरसहित चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।