शनिबार, माघ १०, २०७७
/
काठमाडौं उपत्यकामा गएको २४ घण्टामा थप ५०१ जनामा कोरोना संक्रमण
मंसिर १, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। गएको २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा थप ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



जसमा काठमाडौं जिल्लामा ३७३,भक्तपुरमा ४४ र ललितपुरमा ८४ गरी ५०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमा महिला २१२ र पुरुष २८९ जना रहेका छन् ।
 

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १४ हजार २७९,भक्तपुरमा ११ सय ८८ र ललितपुरमा २२ सय ४ जना सक्रिय संक्रमित छन् ।


यस्तै, काठमाडौंमा ११ हजार ३ सय २८,भक्तपुरमा १ हजार २८ र ललितपुरमा १९५९ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी हालसम्म काठमाडौंमा ३०१, भक्तपुरमा ७६ र ललितपुरमा ८६ जनाले ज्यान गुमाएका छन् ।